प्रदेश १ मा ८८५ कोरोना संक्रमित थपिए « Khabarhub

प्रदेश १ मा ८८५ कोरोना संक्रमित थपिए


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा प्रदेश  १ मा ८८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

जसमा एक हजार ५४२ को पीसीआर परीक्षण गर्दा ४९१ र एक हजार ४८६ को एन्टिजेन परीक्षण गर्दा ३९४ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६ मध्ये विराटनगरमा ५५, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा नौ, तेह्रथुममा छ, उदयपुरमा तीन, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा एकएक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो ।

सोही अवधिमा प्रदेशमा आज ५४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ३० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर