बाढीपहिरोले मनाङको सडक सञ्जाल लगायत भौतिक संरचनामा ठूलो क्षति | Khabarhub Khabarhub

बाढीपहिरोले मनाङको सडक सञ्जाल लगायत भौतिक संरचनामा ठूलो क्षति


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असार १ गतेको गएको बाढीपहिरोका कारण मनाङले भौतिक संरचनामा ठूलो क्षति बेहोरेको छ । वर्षासँगै मर्स्याङ्दी नदी र अन्य खोलामा आएको बाढीले मनाङको प्रवेशद्वारस्थित तालगाउँ डुबानमा पर्‍यो।

सदरमुकाम चामे, नासों र नार्पाभूमि गाउँपालिकाका मानव बस्ती बाढी पस्दा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ ।

सशस्त्र प्रहरी बल मनाङ प्रमुख एवं ३२ नम्बर गुल्मका गुल्मपति प्रहरी नायव उपरीक्षक (डिएसपी) होमनाथ पन्थीले जिल्लाका सडक, खानेपानी र विद्युतविहीन अवस्थामा रहेको बताए । डिएसपी पन्थीले मनाङका ८० प्रतिशत सडकमा क्षति पुगेको जानकारी दिए ।

“जिल्लाका तीन लघुजलविद्युत् आयोजना बाढीले बगाएपछि विद्युत् आपूर्ति बन्द छ । खानेपानी अभाव छ । सडक सञ्जालबाट टाढिएका छौँ”, उनले भने, “लमजुङ–चामे सडकखण्डका सडक र बाटो पूर्णरूपमा क्षतविक्षत छन्, जिल्लासँग जोड्ने झोलुङ्गे र मोटरेकल पुल पनि बाढीले बगायो, चामेबाट ५०० मिटर दायाँबाँया जानसक्ने अवस्था नै छैन ।”

चामेको मोटरेबल पुलमा रहेको अवरोध सशस्त्रले हटाएको डिएसपी पन्थीले जानकारी दिए । “यही एउटा पुललाई जोगाउन सकियो र माथिल्लो मनाङसँगको सम्पर्क टुट्नबाट जोगिएको छ”, उनले भने, “हामीसँग भएको तालिमप्राप्त जनशक्तिलाई प्रयोगबाट जोगाउन सफल भएका छौँ ।”

डिएसपी पन्थीका अनुसार मनाङका आठ वटा झोलुङ्गे पुल, तीन वटा काठबाट बनेका मोटरेबल पुल बाढीले बगाएको छ । त्यस्तै तिमाङ, चामे र तिल्चेमा रहेका तीन वटा लघुजलविद्युत् आयोजना पनि बाढीले बगाएको छ । मनाङ प्रवेश गरेपछिका ८० प्रतिशत सडक पूर्णरूपमा ध्वस्त भएका छन् ।

वर्षापछि बढेका खोला अझै घटेका छैनन् । वर्षा हुने क्रमसमेत जारी नै रहेकाले खोलाखोल्सी घटेका छैनन् । “अब पहिलेकै अवस्थामा पुर्नजीवित गर्न त दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ”, पन्थीले भने, “सङ्घीयता आएपछि भएको चार वर्षको विकासको ८० प्रतिशत पूर्णरूपमा क्षति भएको छ । बस्ती नै स्थानान्तरण गर्नुपर्ने भएकाले एकदम जोखिम अवस्थामा छ ।”

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ८ : ३० बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका