वैदेशिक रोजगारीमा फसेकी महिलाको पीडा : दूतावास पुग्न प्रहरीसँग रात बिताउनुपर्‍यो « Khabarhub

वैदेशिक रोजगारीमा फसेकी महिलाको पीडा : दूतावास पुग्न प्रहरीसँग रात बिताउनुपर्‍यो


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वैदेशिक रोजगारीका लागि बाँकेकी तुलसा सञ्जेल (नाम परिवर्तन) २ वर्षअघि कुवेत पुगिन । तुलसालाई नेपालबाट म्यानपावर कम्पनीले कुवेतको एक सरकारी अस्पतालभित्र क्लिनरको काम भनरे त्यहाँ पठाएको थियो ।

तर, तुलसा कुवेत पुगेपछि नेपालमा म्यानपावरसँग गरेको सम्झौताअनुसारको काम पाइनन् । नेपालबाट अस्पतालमा क्लिनर भनेर म्यानपावरले कुवेत पठायो तर, कुवेत पुगेपछि घरको काम गर्नुपरेको तुलसाले बताइन् ।

तुलसालाई २ वर्षअघि ए वान ओभरसिर्ज प्रालिले पैसा लिएर माया ओभरसिर्ज म्यानपावरका नाममा भिसा निकालेर कुवेत पठाएको थियो । सरकारले रोजगारीका नाममा ठगी गरेको भन्दै दुवै म्यानपावर खारेज गरेको छ । म्यानपावर नै खारेज भएपछि आफूलाई फसाउनेको खोजबिन गर्न माग गर्दै तुलसा अहिले विभागमा पुगेकी छन् । म्यानपावर खारेजीमा परेपनि सम्पर्क व्यक्तिलाई पत्ता लगाउन विभागमा पुगेकी उनले आफूलाई न्याय दिलाउन विभागले सहयोग गर्नुपर्ने बताइन् ।

कुवेतमा नेपाली महिलालाई यहाँ गाईबस्तुजस्तै बेचिने गरेको छ । यसरी नेपाली महिला खुलेआम बेचबिखन भइरहेको कुवेतस्थित कुटनीतिक नियोगलाई राम्रोसँग थाहा छ

कुवेत पुगेको २ हप्तापछि उनलाई एजेन्टले अस्पतालको साहु भनेर एउटा मान्छेका साथ लगाएर पठायो । अनि उनलाई साहुले सिधै घरमा लिएर गएपछि आफू अस्पतालमा क्लिनरको रुपमा नभई घरेलु कामदारका रुपमा बस्नुपर्ने बाध्यात्मक अवस्था आएको उनलाई महशुस भयो ।

‘मैले काम गर्ने घरको मालिकसँग परिवारका सबै सदस्य डराउँथे । मालिकले जे भन्यो सबै त्यही मान्थे । त्यही भएर मालिकले उनकै श्रीमती र छोरीकै अगाडि शारीरिक शोषण गरे । उनीहरु मेरो सहयोगी हुनुको साटो नदेखे जस्तो गरेर तर्किए । आफूमाथिको शोषणको विरोध गर्दा पेटि फुकालेर पिट्ने गर्दथे,’ तुलसाले एकै श्वासमा भनिन्, ‘सहन नसकेपछि आधा रातमा भागेर घर छाडे । भाग्दा डिउटीमा रहेका प्रहरीले पक्रिए । त्यसपछि एक जना प्रहरीले मसँग एक रात बिताइस भने भोली तेरो देशका दूतावास पुराइ दिन्छु भन्यो । त्यो रात त्यही पुलिससँग बिताए।’

पुलिसको सहयोगमा जसोतसो नेपाली दूतावासमा पुगे तर दूतावासका कर्मचारीले सहज रुपमा आफ्नो गुनासोको सम्बोधन नगरेको बताइन । धेरै रोइकराई गरेपछिमात्र दुतावासले शरण दिएको तुलसाले सुनाइन । घरको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै गाउँकै चिनेका दाइ राजकुमार भण्डारीले आफूलाई रोजगारीका नाममा बेचेको पाइएको उनले सुनाइन । उनले भनिन्, ‘हाम्रै दाजुभाइले मिठामिठा कुरा गर्दै रोजगारीमा लैजाने भने, पैसा पनि हामीबाटै लिए । अनि हामीलाई विदेश लगेर बेचिदिए ।’

तुलसाका अनुसार आफु जस्ता धेरै नेपाली महिला तथा युवती कुवेतमा फसेका छन् । रोजगारीका लागि भनेर गएका नेपाली महिला थाहै नपाई बेचिएको उनले बताइन । उनीहरु नेपाल फर्कन चाहे पनि फर्कन सक्ने अवस्था नरहेको तुलसाको भनाई छ । ‘धेरैलाई चिनेका नजिकका मान्छेले नै फसाएर बेचेका छन्,’ उनले भनिन्, ‘म जाँदा हामीसँगै अरु २० जना महिला पनि थियौं । त्यहाँ पुगेपछि को कहाँ पुग्यौं, कसैको अत्तोपत्तो छैन् । आफैं जोगिन कत्ति मुस्किल छ । अरुसँग कसरी सम्पर्क गर्ने भन्ने पनि सोच्नै सकिएन ।’

‘कुवेतमा नेपाली महिलालाई यहाँ गाईबस्तुजस्तै बेचिने गरेको छ । यसरी नेपाली महिला खुलेआम बेचबिखन भइरहेको कुवेतस्थित कुटनीतिक नियोगलाई राम्रोसँग थाहा छ । तर, समस्या समाधानका लागि केही पहल भएको छैन,’ तुलसाले भनिन, ‘मानव तस्करहरूले घरेलु कामदार आपूर्ति गर्ने कार्यालय खोलेर खसीबोकाझैँ बिक्री गरिरहेका छन् । त्यसको कमिशन नेपाली दूतावासका कर्मचारीले पनि लिन्छन् भन्ने सुकेकी छु । त्यही भएर पनि होला जानेर पनि दूतावासका कर्मचारी चुपचाप छन् ।’

सरकारले नेपालबाट घरेलु काममा महिला कामदार पठाउन रोक लगाएपनि भारतीय बाटो हुँदै प्रत्येक महिना ठूलो संख्यामा नेपाली महिला खाडीका देश तथा मलेसिया पुग्ने गरेका छन्

कुवेतमा नेपाली महिलाको बेचबिखन र तस्करी हुनुमा नेपाली दूतावासकै कर्मचारीको मिलेमतो हुने पनि उनले सुनाइन । तुलसा जस्ता धेरै महिला वैदेशिक रोजगारीका प्रलोभनमा परेर फस्ने गरेका छन् । उनी त प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता धेरै महिला रोजगारीका नाममा भारत हुँदै खाडीका देश र मलेसियामा बेचिरहेका छन् । यस्ता घटना दिनदिनै घटेपनि सरकारले महत्व दिएर नियन्त्रण गर्ने कदम चलेको छैन ।

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ सालमा रोजगारीका लागि खाडी पुगेका महिला बिक्री भइरहेको भन्दै घरेलु महिला कामदार खाडीका देश र मलेसिया जानमा रोक लगाउन निर्देशन दिएको थियो ।

खाडीका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुबेत र कतारमा कार्यरत नेपालीको अवस्था बुझ्न स्थलगत अध्ययनका आधारमा खाडीमा महिलाको तस्करी भइरहेको निष्कर्ष निकल्दै रोक सरकारलाई निर्देशन दिएको थियो ।

सरकारले नेपालबाट घरेलु काममा महिला कामदार पठाउन रोक लगाएपनि भारतीय बाटो हुँदै प्रत्येक महिना ठूलो संख्यामा नेपाली महिला खाडीका देश तथा मलेसिया पुग्ने गरेका छन् । घरेलु कामदारको रूपमा जाने अधिकांश महिलाले यतिखेर अवैध बाटो प्रयोग गर्ने गरेका छन् । कतिपय महिला श्रम स्वीकृति लिँदा फरक काम देखाउने र खाडी मुलुकमा पुगेपछि घरेलु कामदार बन्न थालेको पाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : ४३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट