लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी चार दलले दाबी पेस गर्दै « Khabarhub

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी चार दलले दाबी पेस गर्दै


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्दैछन् ।

मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबीच सहमति बनिसकेकाले आज कार्यालय खुलेलगत्तै दाबी पेस गर्ने माओवादी प्रदेशसभा सदस्य दिपेन्द्र पुनले जानकारी दिए ।

शुरूमा सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै दाबी पेस गर्ने तयारी भएको पुनले बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै नेता केसीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनले तयारी गरेका हुन् ।

जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा भने सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले बताए ।

आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादी केन्द्रका संसदीय दलका नेता केसीले नेतृत्व गर्ने र त्यसपछि काँग्रेस दल नेता कानोडियाले नेतृत्व गर्ने सहमति भएको छ ।

केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काल प्रत्येक दलबाट एक–एक जना मन्त्री हुने र विश्वासको मत लिएपछि विस्तार गर्ने सहमति भएको नेता कानोडियाले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ८ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना