जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै ठगी, एक जना पक्राउ « Khabarhub

जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै ठगी, एक जना पक्राउ


२८ श्रावण २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिने ठगी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी, वकिल र अदालतसँग सेटिङ गरेर जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेर फरार रहेका पोखरा सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार करणी गरेको अभियोगमा पक्राउ परेकालाई १ करोड रुपैयाँ दिए मुद्दा मिलाइदिने भन्दै ठगी भएको थियो ।

१२ लाखको चेक र १ लाख १० हजार नगद लिएर ठगी गर्ने सुर्यलाल खड्का र कमन भन्ने कमानबहादुर तामाङलाई तत्कालै राष्ट्र बैंक चोकस्थित एक खाजा घरबाट गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो । त्यही घटनामा संलग्नता रहेको खुलेका त्रिपाठी भने फरार रहँदै आएका थिए ।

डीएसपी हमालका अनुसार अहिले त्रिपाठीलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : १० बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका