हात्तीको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

पछिल्लो समय आरक्षबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतङ्क मचाउँदै आएको छ । हात्तीले स्थानीयवासीका बालीनाली नष्ट गर्नाका साथै घर टहरासमेत नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए ।

आरक्ष आसपास क्षेत्रमा हात्ती आतङ्क नियन्त्रणका लागि पटकपटक स्थानीयवासीले माग गर्नाका साथै आन्दोलनका कार्यक्रम गरे पनि अहिलेसम्म सम्बन्धित निकायले चासो नदिएको जङ्गली जनावर पीडित सङ्घर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १ : ४७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी