शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ « Khabarhub

शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।

नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टीकामाया अम्गाईँ भन्ने टीका थापाको बयानमा निज सार्कीले नै जबर्जस्ती करणी गरेकाले गर्भ रहन गएको र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  २ : २७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर