बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनपर्छ : महतो | Khabarhub Khabarhub

बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनपर्छ : महतो


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा जसपा निकट योङ ईण्डिजिनिष्ठ लिगको प्रारम्भिक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडि परेका जनताको अधिकार स्थापित हुन नसक्ने बताएका हुन् । उनले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताए ।

एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट भएकै कारण समस्या भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको उनले बताए ।

मुलुकमा सात वटा संविधान आए पनि जनता अझै पनि अधिकारबाट बञ्चित हुनुपरेको उहाको भनाइ थियो ।

उनले यसअघिको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिए पनि सो बमोजिम काम गर्न नसकेको आरोप लगाए ।

बहुलराष्ट्रिय राज्य नेपाल स्थापनाका लागि भन्दै योङ ईण्डिजिनिष्ठ लिग गठन गरिएको जसपाका नेताहरुले जनाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ४ : २७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका