श्वेतपत्र पूर्वाग्रही ढंगले आएको होइन, तथ्याङ्क गलत भए जिम्मा लिन्छु : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

श्वेतपत्र पूर्वाग्रही ढंगले आएको होइन, तथ्याङ्क गलत भए जिम्मा लिन्छु : अर्थमन्त्री शर्मा


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा देशको अर्थतन्त्रको वास्तविक चित्र पेश गरेको र कतै आग्रह पूर्वाग्रह नराखिएको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उनले आफूले पेश गरेको तथ्याङ्क गलत भए त्यसको जिम्मा लिन आफू तयार रहेको बताए ।

मन्त्री शर्माले सरकारले संसद्‍मा पेश गरेको बजेटसम्बन्धी अध्यादेशहरू संशोधन र प्रतिस्थापनको निर्णय संसद्‍मा आएर मात्र हुने धारणा राखे । देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा ल्याइएको श्वेतपत्र पूर्वाग्रही ढंगले आएको भन्दै एमाले सांसदहरूले राष्ट्रियसभा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका थिए ।

अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान बताए । उनले पहिलो मात्रा खोप लगाइसकेका करिब १३ लाख नागरिक लामो समयदेखि दोस्रो खोपको पर्खाइमा रहेको जानकारी दिए ।

त्यसैगरी उनले विद्युत् उत्पादन, व्यापार तथा आन्तरिक खपत बढाएर उत्पादनशील क्षेत्रलाई प्रवर्द्धन गर्दै आयात–निर्यातबीचको खाडल कम गर्नेतर्फ सरकारले जोड दिने बताए ।

अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा कुल राजस्व ९ खर्ब ३८ अर्ब संकलन भएकोमा, संघीय राजस्व ८ खर्ब २९ अर्ब संकलन भएको अर्थमन्त्री शर्माले बताए ।

बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । त्यस्तै “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस” भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ । त्यस्तै लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस” भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले प्रस्तुत गरेको “विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस” भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

राष्ट्रियसभाको अर्को बैठक भाद्र १ गते बोलाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ८ : ०१ बजे

जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल 

राँझा– नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण

‘भोजपुरे खुकुरी’ पाँच सयदेखि ५२ हजारसम्ममा बिक्री

भोजपुर– देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि

धान बेच्न किसान रातभर लाइनमा

घोडाघोडी– यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा