प्रदिप गिरीको टिप्पणी : आलु–प्याजमा पानी हाल्न नजान्ने व्यक्ति अर्थमन्त्री भए ! « Khabarhub

प्रदिप गिरीको टिप्पणी : आलु–प्याजमा पानी हाल्न नजान्ने व्यक्ति अर्थमन्त्री भए !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीले अर्थमन्त्रीको पदलाई ‘विशेषज्ञ’को पद बनाइएको भन्दै सो प्रवृति गलत भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा वैठकमा बोल्दै नेता गिरीले भने, ‘पीएचडी पढेका, बाहिरबाट पढेर आएका तर नेपालको हकमा गहूँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन, आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने कुरा भन्न नसक्ने मानिसहरु हाम्रा सरकारको पाला अर्थमन्त्री भए ।’

नेता गिरीले अमेरिका वा जर्मनीमा पढेका व्यक्तिलाई अर्थमन्त्री बनाउने गरिएको भन्दै उक्त प्रवृतिका कारण देशको विकास नभएको पनि बताए ।

‘तथाकथित आधुनिककरणको, तथाकथित विकासिकरणको, तथाकथित बृद्धिदरको अंग्रेजीमा प्रवेश ग¥यौं, जेसुकै भन्नुहोस् सिद्धान्त र प्राथमिकतालाई हामीले विपरित दिशाम लैजानु परेको छ,’ नेता गिरीले भने, ‘वर्तमान दिशामा प्रश्न चिन्ह खडा गर्नुपरेको छ ।’

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : २८ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६