प्रदिप गिरीको टिप्पणी : आलु–प्याजमा पानी हाल्न नजान्ने व्यक्ति अर्थमन्त्री भए ! | Khabarhub Khabarhub

प्रदिप गिरीको टिप्पणी : आलु–प्याजमा पानी हाल्न नजान्ने व्यक्ति अर्थमन्त्री भए !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीले अर्थमन्त्रीको पदलाई ‘विशेषज्ञ’को पद बनाइएको भन्दै सो प्रवृति गलत भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा वैठकमा बोल्दै नेता गिरीले भने, ‘पीएचडी पढेका, बाहिरबाट पढेर आएका तर नेपालको हकमा गहूँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन, आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने कुरा भन्न नसक्ने मानिसहरु हाम्रा सरकारको पाला अर्थमन्त्री भए ।’

नेता गिरीले अमेरिका वा जर्मनीमा पढेका व्यक्तिलाई अर्थमन्त्री बनाउने गरिएको भन्दै उक्त प्रवृतिका कारण देशको विकास नभएको पनि बताए ।

‘तथाकथित आधुनिककरणको, तथाकथित विकासिकरणको, तथाकथित बृद्धिदरको अंग्रेजीमा प्रवेश ग¥यौं, जेसुकै भन्नुहोस् सिद्धान्त र प्राथमिकतालाई हामीले विपरित दिशाम लैजानु परेको छ,’ नेता गिरीले भने, ‘वर्तमान दिशामा प्रश्न चिन्ह खडा गर्नुपरेको छ ।’

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : २८ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले