परीक्षार्थीहरुलाई खोप लगाएर मात्र परीक्षामा सहभागी गराउन राष्ट्रियसभा संसदहरुको माग « Khabarhub

परीक्षार्थीहरुलाई खोप लगाएर मात्र परीक्षामा सहभागी गराउन राष्ट्रियसभा संसदहरुको माग


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले परीक्षार्थीहरुलाई कोरोना भाइरस विरूद्धको खोप लगायएर मात्र परीक्षामा सहभागी गराउन ध्यानाकर्षण गराएका छन् ।

आज बसकेका राष्ट्रिय सभाको बैठकमा बोल्दै संसदहरुले कोरोना महामारीका कारण लाखौ विद्यार्थीहरुको भविष्य अन्योलमा परेकाले खोप लगाउने वातावरण सिर्जना सरकारको माग गरेका हुन् ।

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारी बिना स्थगित गरिएको र विश्वविद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरेका हुन् । विद्यार्थीहरुलाई वैकल्पिक विधिद्वारा परीक्षा दिने व्यवस्था मिलाउन पनि संसदहरुले सरकारसँग माग गरेका छन् ।

सांसद उदया शर्मा पौडेलले पूर्वतयारी बिना कक्षा १२ को परीक्षण स्थगित गरी करिब चार लाख परीक्षार्थीको भविष्य अन्योलमा बताइन् । विद्यार्थीको मनोविज्ञानलाई असर नगर्नेगरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सहभागी गराउन उनले सरकारसँग माग गरिन ।

त्यस्तै अर्की सांसद कोमल वलीले सरकारले शिक्षामन्त्री नियुक्तिमा ढिलाई गरेकाले समग्र शिक्षा क्षेत्र अन्योलमा परेको बताइन । उनले भनिन,‘विद्यार्थीलाई खोप लगाएर वा वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउनु पर्छ ।’

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ८ : १५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ