आज पनि प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची « Khabarhub

आज पनि प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी अर्थमन्त्री शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश कार्यसूची छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै सांसद प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस अघि बिहीबार पनि प्रतिनिधिसभा बैठक बसेको थियो । बैठकमा प्रतिपक्षी दलन एमालेका सांसद विष्णुप्रसाद पौडेलले सरकारले जारी गरेको श्वेतपत्र पूर्वाग्रही भएको तथ्य र निष्कर्ष फरक रहेको आरोप लगाएका थिए ।

यस्तो छ कार्यसूची

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै