बैठकको आन्तरिक कुरा बाहिर ल्याउनु दुर्भाग्यपूर्ण : डा महत « Khabarhub

बैठकको आन्तरिक कुरा बाहिर ल्याउनु दुर्भाग्यपूर्ण : डा महत


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले पार्टी बैठकको आन्तरिक छलफलको विषय बाहिर ल्याउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

उनले छलफलका क्रममा बोलेको विषयलाई पार्टी भित्रैबाट बाहिर ल्याउनु दुखद भएको बताए ।

आज विज्ञप्ति जारी गर्दै नेता महतले तोडमोड गरी आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘मैले प्रधानमन्त्रीको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई जोडेर “शेर बहादुर देउवा किन मलाई मन पर्छ” भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेको कुरा सञ्चार माध्यमहरुमा एकपछि अर्कोगरि सुनियोजित रुपमा सम्प्रेषण गरिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामहरुलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको छ।’

महतले आफूले प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरुले सिधैं प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने भएपनि किन सामाजिक सञ्जालको सहयोग लिएको भनेर जिज्ञासा मात्र राखेको भएपनि छलफलका क्रममा नभनेका कुरालाई तोडमोड गरि सञ्चारमाध्यममा प्रसारण हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  २ : ४८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर