प्रदेश १ मा थप ७६९ सङ्क्रमित थपिए « Khabarhub

प्रदेश १ मा थप ७६९ सङ्क्रमित थपिए


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा प्रदेश  १ मा ७६९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

एक हजार ५२९ को पीसीआर परीक्षण गर्दा ३९३ र एक हजार ७५१ को एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४ मध्ये विराटनगरमा ४१, धनकुटामा १२, इलाममा ११, तेह्रथुममा पाँच, सङ्खुवासभा र भोजपुरमा चार/चार, उदयपुरमा तीन, पाँचथरमा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ ।

सोही अवधिमा प्रदेशमा आजै ६७५ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०० महिला र ३७५ पुरुष छन् । पछिल्लो जानकारीअनुसार दुई महिलासहित पाँच जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : ०१ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ