हुम्लामा यार्सागुम्बासहित एक पक्राउ | Khabarhub Khabarhub

हुम्लामा यार्सागुम्बासहित एक पक्राउ


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ ।

विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको बताए ।

हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माका अनुसार सिमकोट विमानस्थलमा खटिएको प्रहरीले नियमित जाँच गर्ने क्रममा पुर्जीविनाको पाँच केजी यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको छ ।

“डिभिजन वन कार्यालय बझाङले दुई केजीको छुट पुर्जी दिएको भए पनि तामाङसँग भएको सबै यार्सागुम्बा डिजिटल तराजुबाट तौल जाँच गर्दा बिना पुर्जीको तीन केजी यार्सा भेटिएपछि बरामद गरिएको हो”, प्रहरी नायब उपरीक्षक शर्माले भने, “जाँचको क्रममा राजस्व तिरेको पुर्जीभन्दा पनि बढी अवैध सामान भएकाले बरामद गरेका हौँ ।”

बरामद यार्सागुम्बासहित नियन्त्रणमा लिइएका तामाङलाई डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाइएको हुम्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : ५५ बजे

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल