आज यी नदीमा पानीको बहाब बढ्न सक्ने « Khabarhub

आज यी नदीमा पानीको बहाब बढ्न सक्ने


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज देशका केही नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले सूचनामार्फत् विशेष गरी कोशी, कर्णाली र यी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । यस्तै आज तिनाउ, पश्चिम राप्ती र बबईलगायतका मझौला नदीहरुमा पनि पानीको बहाव बढ्ने अनुमान छ । तर सतर्कता तह भन्दा तलै रहनेछ ।

प्रदेश नम्बर एकको इलाम, उदयपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, वाग्मती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, बाग्लुङका नदी तथा खोलामा पानीको बहाव केही बढ्ने सम्भावना रहेको छ ।

यस्तै,​ लुम्बिनी प्रदेशको नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दिया तथा कर्णाली प्रदेशको सुर्खेत, सल्यान, लगायतका नदी तथा खोलामा पानीको बहाव केही बढ्ने अनुमान गरिएको छ।

सुदूरपश्चिमको डोटी लगायतका केही नदीमा पनि सामान्य रुपमा पानीको बहाव बढ्ने सम्भावना छ । यसैबीच अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १ : ०० बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार