मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु « Khabarhub

मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्की सिनुवारीमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु गरेको छ ।

पोल उत्पादनलाई बढावा दिने र विद्युतीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले ठूलो मात्रामा पोल उत्पादन गर्न लागेको हो ।

प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन शुरु गरेको हो । प्लान्टले विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोल उत्पादन हुने छन् । रु १४ करोड ५० लाख लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५८० थान रहेको छ ।

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले आज परीक्षण उत्पादनको निरीक्षण गरी नियमितरुपमा पूर्णक्षमतामा पोल उत्पादन शुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए ।

उनले प्लान्टबाट पोल उत्पादन शुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गरे ।
आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो ।

उनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्णक्षमतामा चल्ने जानकारी दिए ।

प्लान्टबाट उत्पादित पोल मुख्यरुपमा प्रदेश नं १ र र २का जिल्लामा आपूर्ति गरिने छ । प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कङ्क्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : ५९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर