खोप उत्पादन गर्ने उद्योगलाई सरकारले आधार दरमा ऋण दिने « Khabarhub

खोप उत्पादन गर्ने उद्योगलाई सरकारले आधार दरमा ऋण दिने


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा उपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने बताए।

नेपालमा नै कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने सरकारको तयारी रहेको छ । यस्तै मौद्रिक नीतिमा अस्पताल नभएका स्थानीय तहमा १०० शैयासम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने छ । कोभिड–१९बाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई निश्चित सीमासम्मको कर्जा उपलब्ध हुने व्यवस्था गरिने उनले जानकारी दिए ।

मौद्रिक नीतिमा कोभिड–१९ सिर्जित स्वास्थ्य समस्याको उपचारमा सघाउ पुर्‍याउने जीवनरक्षक औषधि तथा स्वास्थ्य सामग्री उपकरणको आयातसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरी थप सहजीकरण गरिने उल्लेख छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : १५ बजे

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड