एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप « Khabarhub

एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पुर्‍याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् ।

बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताए । “कोरोनाका बिरामीसमेत बोकेर हिँड्नुपरेको छ, हामीलाई खोपको व्यवस्था मिलाइदिनुपर्‍यो भनेर बिर्तामोडका नगरप्रमुखलाई भनेका थियौँ”, उनले भने, “उहाँले हाम्रा कुरा सुन्नुभयो र व्यवस्था मिलाउँला भन्ने आश्वासन दिनुभयो ।”

बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीबाट आश्वासन पाए तापनि अहिलेसम्म खोप लगाउन नपाउँदा दुःख लागेको राईले बताए । राजनीतिक दलका नेता र मजदुर युनियनका नेताहरुसँग समेत खोपको व्यवस्था गरिदिन हारगुहार गरिएको उनले सुनाए ।

बिर्तामोड पूर्वी नेपालको स्वास्थ्योपचार केन्द्रको थलो बन्दै गएको छ । यहाँ बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको २५ शय्याको सरकारी अस्पतालदेखि ९०० शय्याको प्रस्तावित मेडिकल कलेज बिएण्डसी अस्पतालसमेत रहेको छ ।

बिर्तामोडका अस्पताल परिसरमा बिरामी कुरेर एम्बुलेन्स चालक बस्ने गरेका छन् । बिर्तामोडको बिएण्डसी र बिर्तासिटी अस्पतालमा कोभिड उपचार केन्द्र सञ्चालित छ । यहाँबाट बिरामी पूर्वी पहाडका जिल्ला, विराटनगर, धरान र भद्रपुर ओहोरदोहोर गर्दै आएका छन् ।

“राज्यले एम्बुलेन्स चालकलाई कोभिडविरुद्ध अभियानको फ्रन्टलाइनर घोषणा गरेको छ”, खोप लगाउन नपाएका चालक राईले भने, “हाम्रा पनि घरमा बालबच्चा र परिवार छन् । कोरोनाका बिरामीसमेत बोक्नुपर्ने अवस्था छ । खोप लगाउन पाए ढुक्क हुन सकिने थियो ।”

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै