अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु जिल्ला कारागार अवलोकन | Khabarhub Khabarhub

अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु जिल्ला कारागार अवलोकन


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको अवलोकन भ्रमण गरेका छन् ।

निरंकुश पञ्चायत शासन विरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बसेका अध्यक्ष तिमिल्सिना विसं २०४२ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताएका थिए ।

आफूले जेल जीवन बिताएको कारगार र अहिले कैदी बन्दीको रुपमा रहेकाको अवस्था बुझ्न कपिलवस्तु आएको उनले बताए ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव रहँदा गिरफ्तार भइ शान्ति सुरक्षा अन्तर्गत राजबन्दीका रुपमा अध्यक्ष तिमिल्सिना पोखरा, तौलिहवा, भैरहवा, वीरगन्ज, काठमाडौंको केन्द्रीय भद्रगोल कारागार र नख्खु जेल गरी चार वर्ष जेल बसेर २०४६ सालमा रिहा भएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले आफू जेल बसेको समयभन्दा अहिलेको अवस्था सुधार भएको पाइएको बताए । उनले कारागारलाई बिस्तारै सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीहरुलाई शिक्षा तथा सीप सिकाउनुपर्ने बताए ।

कपिलवस्तु कारागारको थप सुधारका लागि सरकार समक्ष पहल गर्ने उन‍ले बताए । अवलोकनका क्रममा उनले कैदी बन्दीका लागि मास्क उपलब्ध गराएका थिए ।

३५२ जना क्षमता भएको कपिलवस्तु जेलमा हाल ४५२ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागार प्रमुख राकेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  २ : ४३ बजे

इजरायलमा बन्धक सम्झौता गर्न दबाब दिँदै विशाल प्रदर्शन

तेल अविव- गाजाको युद्ध अन्त्य गर्दै त्यहाँ रहेका बन्धकहरूलाई सुरक्षित

उखु किसानसँगै पलेँटी कसे नारायणकाजीले (तस्बिरहरू)

काठमाडौँ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तीन दिनदेखि

धरानमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

धरान– सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुर चोकमा आज अटोरिक्सा दुर्घटना हुँदा

दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति

दार्चुला- दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इञ्जिनियर बनाउन

लोघेकरका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ- मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले किसानलाई अनुदान सहुलियतमा हातेट्याक्टर (पावर