बलिउड छोड्ने हल्लामा अनुष्काको यस्तो जवाफ « Khabarhub

बलिउड छोड्ने हल्लामा अनुष्काको यस्तो जवाफ


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुष्का शर्मासँग यतिबेला कुनै प्रोजेक्ट छैनन् । सन् २०१८ मा उनका तीन फिल्म ‘परी’, ‘सुई धागा’ र ‘जीरो’ रिलिज भए । यी तीनै फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेनन् । त्यसपछि उनले राम्रा फिल्म पनि साइन गर्न डराइरहेकी छिन् ।

अनुष्का शर्माले राम्रो फिल्म खेल्नका लागि विचार पु–याउनुपर्ने बताएकी छिन् । ‘मलाई लाग्छ कि, अब म त्यो स्थानमा पुगिसकेकी छु, जहाँ म काम गर्नकै लागि फिल्म साइन गर्न सक्दिन,’ उनी भन्छिन् ।

उनले २७ वर्षको उमेरमा फिल्म ‘एनएच टेन’ निर्माण गरेकी थिइन् । अहिले पनि उनी फिल्म निर्माणमा जुटिरहेकी छिन् । उनी यतिबेला डिजिटल प्लेटफर्ममा केही शो ल्याएर आउने योजना बनाएको सुनाउँछिन् । साथै उनले एउटा फिल्मका लागि पनि तयारी भइरहेको बताइन् । उनी भन्छिन्, ‘यी सबैका लागि पनि मेरा लागि समय चाहिन्छ, दर्शकलाई मैले पर्दा पछाडि पनि कुनै न कुनै काम गरिरहेकी हुन्छु भन्ने थाहा हुँदैन ।’

पछिल्लो समय उनी विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएपछि फिल्म क्षेत्र छोड्ने योजनामा रहेको समाचार आएका थिए । तर, अनुष्काले भने यही क्षेत्रमा आफू लागिरहेको बताएकी छिन् । ‘म आफ्नो काममा फोकस गर्न चाहन्छु, र म पछि फर्केर यो पनि हेर्न चाहन्छु कि, मैले के गरेँ ? म आफ्नो कामबाट पूर्ण सन्तुष्ट छु, जे मैले गरेँ, त्यो सधै गर्न चाहेको काम थियो,’ अनुष्का भन्छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ५ : ०७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने