मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय « Khabarhub

मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन आगामी मंसीरमा गर्ने निर्णय गरेको हो । महामन्त्री पुर्णबहादुर खड्काका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनेछ । ‘भदौको १८ गते वडा अधिवेशन शुरु गरेर मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको छ’, उनले भने ।

कांग्रेसको तीन दिनसम्म बसेको बैठक महाधिवेशनको नयाँ कार्यतालिका तोक्दै बैठक सकिएको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार निर्णय सर्वसम्मत रुपमा भएको हो ।

पौडेलका अनुसार भदौ २ गतेभित्र क्रियाशिल सदस्यहरुको अन्तिम नामावली बुझाउने, भदौ १८ गते वडा अधिवेशन, भदौको २७ गते पालिका अधिवेशन, असोज ५ गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गते केन्द्रीय महाधिवेशनको नयाँ मिति तय भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : १६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर