गण्डकी प्रदेशमा एमालेले बनायो संसदीय समूह  « Khabarhub

गण्डकी प्रदेशमा एमालेले बनायो संसदीय समूह 


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्न संसदीय समूह गठन गरेको छ ।

प्रदेश सरकारले गरेको कामको निगरानी गर्न मन्त्रालयसँग सम्बन्धित रहने गरी संसदीय समूह बनाइएको हो । स्याङ्जाका एमाले सांसद मोहनप्रसाद रेग्मीलाई समूहको संयोजक तोकिएको छ ।

गण्डकी प्रदेशअन्तर्गतका ११ वटै मन्त्रालयलाई हेर्ने गरी ९ सदस्यीय समिति बनाइएको रेग्मीले बताए । ‘यो कुनै छायाँ सरकार होइन, दलको विधानअनुसार बनाइएको संसदीय समूह हो’– संयोजक रेग्मीले खबरहबसँग भने ।

संसदीय दलको विधानअनुसार विकास निर्माणसँग खोज अनुसन्धान गर्ने उद्देश्यले निर्माण गरिएमो संसदीय समूह भएको रेग्मीले स्पष्ट गरे ।

अधिकांश समूहको मुल जिम्मेवारी पूर्वमन्त्रीहरुलाई दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात विकास समूहको जिम्मेवारी पूर्वमन्त्री रामशरण बस्नेतलाई जिम्मेवारी तोकिएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण विकास समूहमा पूर्वमन्त्री विकास लम्साल छन् ।

त्यसैगरी सामाजिक विकास समूहको जिम्मा पूर्वमन्त्री नरदेवी पुनमगरले पाएकी छन् भने कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहको संयोजक सांसद चन्द्रमोहन गौचन छन् ।

यस्तै, अर्थ समूह संयोजक इन्द्रलाल सापकोटा,  भूमि, व्यवस्था, कृषि समूहको संयोजक मित्रकुमारी गुरुङ र ऊर्जा तथा खानेपानी समूहको संयोजकमा मीन प्रसाद गुरुङ तोकिएका छन् । हरेकमा तीन तीन सदस्य रहने गरी बनाइएको समूहको मूल संयोजक रेग्मी छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ४० बजे

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

झापा- आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ