तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण « Khabarhub

तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय महासचिव प्रा. डा. प्रकाशराज रेग्मीको नेतृत्वमा आएका मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्य, डा अजय अधिकरी र डा विनायक गौतमले मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गरिएको हो ।

सो अवसरमा प्रतिष्ठानका आजीवन सदस्यको स्वास्थ्य परीक्षण गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँका उपाध्यक्ष एवं नेशनल एपोलो अस्पतालका सञ्चालक चूडामणि दाहालले जानकारी दिए । बिरामीको इसिजी, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिएको थियो ।

त्यसैगरी सो अवसरमा दमौलीका करिब १५ चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएपछि थप उत्साहित भएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताए ।

 

 

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १० : ५५ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान