तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण « Khabarhub

तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय महासचिव प्रा. डा. प्रकाशराज रेग्मीको नेतृत्वमा आएका मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्य, डा अजय अधिकरी र डा विनायक गौतमले मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गरिएको हो ।

सो अवसरमा प्रतिष्ठानका आजीवन सदस्यको स्वास्थ्य परीक्षण गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँका उपाध्यक्ष एवं नेशनल एपोलो अस्पतालका सञ्चालक चूडामणि दाहालले जानकारी दिए । बिरामीको इसिजी, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिएको थियो ।

त्यसैगरी सो अवसरमा दमौलीका करिब १५ चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएपछि थप उत्साहित भएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताए ।

 

 

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १० : ५५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने