अफगानिस्तानमा रहेका नेपालीबारे सरकारलाई थाहा छैन : परराष्ट्र | Khabarhub Khabarhub

अफगानिस्तानमा रहेका नेपालीबारे सरकारलाई थाहा छैन : परराष्ट्र


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिवानी नियन्त्रणमा एकपछि अर्को अफगानी शहर पर्दै गएपछि त्यहाँ रहेका नेपालीमाझ अन्यौल र त्रासको स्थिति रहेकै बेला परराष्ट्र सचिव भरत पौडेलले अनौपचारिक रुपमा अफगानिस्तानमा काम गर्ने हजारौँ नेपालीहरुबारे नेपाल सरकारलाई जानकारी नभएको र यसबारे यथार्थ बुझ्ने प्रयास गरिरहेको बताएका छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार उपस्थित परराष्ट्र सचिव पौडेलले अफगानिस्तानमा १ हजार ४०० नेपालीमात्र औपचारिक रुपमा रहेको तथ्यांक सरकारसँग रहेको र १४ हजार नेपाली त्यहाँ काम गरिरहेको भन्ने विवरण समाचारमाध्यममा आए पनि यसबारे नेपाल सरकारलाई जानकारी नभएको बताए।

उनले औपचारिक रुपमा गएका १४०० नेपाली राजधानी काबुलमै रहेको र सुरक्षित अवस्थामा रहेको जानकारी दिए। ‘काबुलबाहिर एकैजना नेपाली पनि छैनन्,’ परराष्ट्र सचिव पौडेलले भने। यद्यपि ठूलो संख्यामा नेपालीहरु अफगानिस्तानका विभिन्न स्थानमा काम गरिरहेका छन्।

सचिव पौडेलका अनुसार परराष्ट्र मन्त्रालय र अफगानिस्तान पनि हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइनमार्फत दर्ता हुन आग्रह गरेका छन्।

उनले औपचारिक रुपमा रहेका अधिकांश मानिशहरु अन्तर्राष्ट्रिय नियोग तथा संस्थाहरुमा कार्यरत रहेको जानकारी दिए।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ३ : ०३ बजे

प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत- कर्णाली प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनालाई सार्वजनिक सम्पत्ति

कोशी बास्केटबलको उपाधि सुनसरीलाई

सुनसरी– धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी

प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने

मस्को- इरानी विदेशमन्त्री अब्बास अरागची रसिया पुगेका छन् । इजरायलले