बैतडीमा सवारी दुर्घटना : एक वर्षमा ३४ को मृत्यु « Khabarhub

बैतडीमा सवारी दुर्घटना : एक वर्षमा ३४ को मृत्यु


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्षमा कात्तिकमा तीन, पुसमा पाँच, माघमा एक, वैशाख र असारमा दुई/दुई सवारी दुर्घटना भएका छन् । ती सवारी दुर्घटनामा परेर ७८ व्यक्ति घाइते भएका छन् ।

चौध सवारी दुर्घटनामध्ये ११ कच्ची सडकमा भएका छन् । ग्रामीण कच्ची सडकमा बढी दुर्घटना भएको पाइएको छ । ग्रामीण कच्ची सडक गुणस्तरीय नहुनु, मोडमा समस्या हुनु, अनुभवी चालक नहुनुलगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका छन् ।

सवारी कारवाहीबाट २५ लाख राजस्व सङ्कलन

जिल्लामा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन कारवाहीबाट रु २५ लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र रावलका अनुसार चार हजार ३४३ सवारीसाधन कारवाहीबाट रु २५ लाख २५ हजार राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा ८६६ ट्रक, दुई हजार १२१ जिप, कार र भ्यान, ३७४ ट्र्याक्टर, ८३८ मोटरसाइकल, ३० टेम्पो तथा अन्य सवारीसाधन कारवाहीमा परेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ३ : २८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर