अफगानिस्तान संकट : तालिवान नियन्त्रित क्षेत्र अस्तव्यस्त, लडाकुको आदेश नै कानून | Khabarhub Khabarhub

अफगानिस्तान संकट : तालिवान नियन्त्रित क्षेत्र अस्तव्यस्त, लडाकुको आदेश नै कानून


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानका प्रमुख शहरमध्ये राजधानी काबुलमात्र विपक्षी तालिवानले कब्जा गर्न बाँकी छ ।

यसले आइतबार जलालाबाद कब्जामा लिएको थियो । सरकारले एकपछि अर्को क्षति बेहोरेपछि राष्ट्रपति अस्राफ घानीका सामु राजीनामाको दबाब बढेको छ । यसैबीच अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा रहेका कर्मचारीलाई देशमा फिर्ता गर्न शुरू गरेको छ । यसका लागि अमेरिकाले ५ हजार सैनिक पठाएको छ ।

तालिवानले एक पटक पनि बन्दुक नपड्काई कनै जलालबाद नियन्त्रणमा लिएको हो । नारगरहार प्रान्तमा अहिले कुनै पनि किसिमको झडप भएको छैन । सरकारी पक्षले तालिवानका सामु आत्मसमर्पण गरेपछि त्यहाँ झडप नभएको हो । यो कब्जासँगै तालिवानले पाकिस्तानसँगको सडकमा पनि कब्जा जमाएको छ ।

जलालबाद नियन्त्रणमा लिनु एक घण्टाअघि तालिवानले बाल्ख प्रान्तको राजधानी मजार इस सरिफ पनि कुनै झडप विना नियन्त्रणमा लिएको थियो । शुरूमा सेनाले आत्मसमर्पण गरेको थियो । यसपछि सबै निकायले तालिवानका सामु आफू समर्पण गरे । अफगानिस्तानको २४ मध्येका २३ प्रान्तीय राजधानी अहिले तालिवानको कब्जामा छन् ।

विपक्षीले कब्जामा लिन बाँकी रहेको काबुलमा तनाव बढेको छ । लडाइँका कारण विस्थापित भएका तथा लडाइनको डरले भागेर आएकाहरूले काबुलमा शरण लिएका छन् ।

तालिवानले कब्जामा लिएका स्थानमा लडाकुका श्रीमती बन्न छोरी लडाकु जत्थालाई बुझाउनु पर्ने प्रस्ताव समेत तालिवानी राख्न थालेका छन् । परवानबाट काबुल आएकी ३५ वर्षीय मुझ्दा तालिवनाका लागि बाँच्नु पर्ने स्थिति आए पछि भागेर दुई छोरीसहित काबुल आएको बताउँछिन् ।
तालिवानको कब्जामा रहेको क्षेत्रमा अनुहार ढाकिने गरी बुर्का लगाउन अनिवार्य छ । सामाजिक नियम उल्लंघन गरेको आरोपमा लगाउँदै कतिपयमाथि कुटपिट भएको छ ।

काबुलका ५३ वर्षीय सायद अकबर काबुलमा युद्ध हुने निश्चित रहेको जनाउँछन् । उनले आफ्नो जिन्दगीको ४० वर्ष दुःखमा बितेको र बाँकी जीवन पनि त्यस्तै रहने रहेको बताए ।

उत्तरी सहर कुन्दाज तालिवानले नियन्त्रणमा लिएपछि परिवारसहित भागेर काबुल आएकाहरू पालमुनि बसेका छन् । युवाहरूलाई नियन्त्रणमा लिँदै तालिवाले जवर्जस्ती ग्रिनेड र अन्य हतियार बोक्ने लगाउने गरेका छन् ।

काबुलका बासिन्दाले बैंकबाट पैसा झिक्ने शुरू गरेपछि त्यहाँका बैंक रित्तिएका छन् । सबैले पैसा निकाल्न शुरू गरेपछि बैंकहरूले रकम फिर्ता गर्न असमर्थ रहेको जनाउका छन् ।

जुलाई ११ देखि अगस्ट १२ का बीचमा अन्यत्रबाट विस्थापित भएर १०, ३५० जना काबुल पुगेका थिए, १७ मे देखि यता २ लाख ५० हजारभन्दा बढी महिलाहरू विस्थापित भएको जनाइएको छ ।

तालिवानको कठोर शासनले त्यहाँको जनजीवन कतिसम्म प्रभावित भएको छ, कुनै कार्यालयमा काम गर्ने महिला र पुरुषका बीच संवाद गर्न निषेध गरिएको छ ।

नाटो सेनाले अफगानिस्तान छाडेपछि तालिवानले कब्जामा लिएको शुरूवाती शहर हिमालय क्षेत्रमा रहेको इस्खामितिस हो । यस क्षेत्रमा रहेकी २९ वर्षीया नुरुया हाया स्वास्थ्य कार्यकर्ता हुन् । वर्षौंदेखि पुरुष चिकित्सकसँग सरसल्लाह गरेर उनले त्यहाँ धेरैलाई सहयोग गर्दै आएकी थिइन् । तालिवानले कब्जामा लिएपछि महिलालाई पुरुषसँग बोल्न बन्देज गरिएको छ । उनले कसैलाई सहयोग गर्ने सम्भावना छैन ।

इस्खामितिसलाई तालिवानले कब्जामा लिएलगत्तै कान्दहारबाट नाटोको सेना हटेको थियो । त्यसपछि नै कान्दहारबासी त्रासमा थिए । धेरै गाउँको अवस्था भयावह छ । डरले कोही घरबाट बाहिर निस्कने सकेका छैनन् । घरभित्रै रहे पनि तालिवानले महिलालाई आफ्नो नियन्त्रणमा लिने र युवाहरूलाई हतियार बोक्न लगाउने गरेका छन् । तालिवान लडाकुले कै घरहरूमा छिरेर खानेकुरा लैजाने गरेका छन् ।

अहिले पुरुषलाई दाह्री काट्न निषेध गरिएको छ । सैलुनमा तालिवान लडाकुले पश्चिमी शैलीले कपाल नकाट्नका चेतावनी दिन थालेका छन् । कत पय सैलुन सञ्चालकले यातना समेत पाएका छन् । सन् १९९० तिर कठोर यातना दिने गरेको अफगानिस्तानमा अहिले त्यही क्रम शुरूवात भएको छ ।

तालिवानको गतिविधिले पर्यटन क्षेत्र ठप्प भएको छ, यस क्षेत्रका कामदारका लागि छाक टार्न पनि समस्या हुन थालेको छ । फरखास जिल्लाका एक ट्याक्सी ड्राइभर आफ्ना लागि जीवनयापन कठिन बनेको गुनासो गर्छन् ।

गत ४ जुलाईमा अमेरिकी र नाटोको सेनाले बर ग्राम एयरबेस छाडेको थियो । यसलगत्तै तालिवानले सो क्षेत्र र सीमा क्षेत्रलाई कब्जामा लिएपछि अन्यत्रबाट आउने सामान कब्जा गर्न थालेको छ ।

त्यहाँका बासिन्दाका अनुसार न त्यहाँ कर्मचारीतन्त्र छ, नत सरकार । छ त केबल त्यस क्षेत्रमा खटाइएका तालिवान लडाकुको मुखको कानून । त्यहाँ गरिबे पाउने राहतमा पनि उनीहरूले नियन्त्रण गर्न थालेका छन् ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ०९ बजे

एसीसी यु-१६: युगान्डाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

संसदीय सुनुवाइसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ ।

मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’

काठमाडौं– जननेता मदन भण्डारीका विचारको व्याख्या गर्ने माध्यमका रूपमा स्थापित

होमस्टेले गाउँमै बस्न सिकाउँदै

तनहुँ– घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी