मुलुकप्रति थप जिम्मेवार बन्न प्रहरी अधिकृतहरुलाई गृहमन्त्रीको निर्देशन « Khabarhub

मुलुकप्रति थप जिम्मेवार बन्न प्रहरी अधिकृतहरुलाई गृहमन्त्रीको निर्देशन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना गर्दै नागरिकको जीवन रक्षा पहिलो शर्त भएको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आज आयोजित भर्चुअल कार्यक्रममार्फत उनले सरकार र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, सबल र प्रगाढ बनाइ नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा गम्भीर हुन प्रहरी अधिकृत तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिए ।

मन्त्री खाँणले आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न पनि प्रहरीलाई निर्देशन दिए ।

सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नवीन भूमिका एवं दायित्वका लागि नेपाल सरकार सकारात्मक रहेको बताउँदै उनले सामाजिक दायित्वको रुपमा आउने बहुआयामिक समस्यालाई सम्बोधन गर्न नेपाल प्रहरी सदैब पहिलो पङ्क्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको स्मरण गरे ।

गृहमन्त्री खाँणले कोभिड–१९ सङ्क्रमण नियन्त्रण एवं रोकथामका लागि नेपाल प्रहरीले सञ्चालन गरेको अभियानको सराहना पनि गरे । उनले मुलुकको शान्ति सुव्यवस्थामा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी कर्मचारीको क्षमताको उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठनलाई थप व्यावसायिक र उर्जावान बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ४५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको