बालिका बलात्कारको आरोपमा २ जना पक्राउ « Khabarhub

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घरभई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बुको सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ ।

गत वैशाख २६ गते बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २८ गते महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

त्यसैगरी रामेछाप उमाकुण्ड गाउँपालिका–१ घरभई हाल चाँगुनारायण नगरपालिका–२ स्यालडाँडामा बस्दै आएकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गर्दै आएको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय आशिष चौधरीलाई पक्राउ गरेको छ ।

यही वैशाख २७ गते बालिका बलात्कार गरेको पीडित पक्षले उजुरी दिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ०४ बजे

सर्वोच्चको फैसलाप्रति देउवा समूह असन्तुष्ट, गगनको आधिकारिकताविरूद्ध पुनरावलोकनमा जाने

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा

कर्णालीमा बेपत्ता बुबाछोराको शव भेटियो

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा बेपत्ता

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनुषा– धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको