दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय « Khabarhub

दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको उनले बताए ।

एक दर्जनभन्दा बढी अध्यादेशमाथि छलफल गर्नुपर्नेमा एक महिनाभन्दा बढी संसदलाई बिजनेसविहीन बनाएर बैठक अन्त्य गर्नुले सरकारले आफु र गठबन्धन आवद्ध दलहरूबाट संसदका बारेमा यसअघि भनिएका विषय आडम्बरमात्र भएको पुष्टि भएको उनले बताए ।

गठबन्धनले बिगतमा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति र सार्वजनिक न्युनतम कार्यक्रममा गरिएका प्रतिवद्धतालाई पनि धज्जी उडाएको उनको भनाइ छ ।

बैठकले अफगानस्थानबाट नेपालीहरुको स्वदेश फिर्ताका लागि सरकार उदाशिन र गैरजिम्मेवार देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १ : ४१ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान