बागलुङमा चट्याङ लागेर मृत्यु « Khabarhub

बागलुङमा चट्याङ लागेर मृत्यु


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको गल्कोट नगरपालिका–११ रिघा, तुतुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी सोही ठाउँकी ३८ वर्षीया पूर्णा श्रीसको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष डम्बर श्रीसले जानकारी दिए । शव परीक्षणका लागि इलाका प्रहरी कार्यालय हरिचौरले लगेको छ ।

सोही स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए । बागलुङमा मंगलबार दिउँसोदेखि अविरल वर्षासँगै चट्याङ परेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ३९ बजे

रूपन्देहीबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

लुम्बिनी – जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित

गुल्मीमा नमूना मतदान अभ्यास

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा

चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीका मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य

पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित

गण्डकी – पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज छ हजार