काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने | Khabarhub Khabarhub

काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने



काठमाडौँ– काठमाडौँ उपत्यकाका सडक छेऊ तथा चोकमा यतिबेला फोहोरका डंगुर थुप्रिन थालेका छन् ।

केही दिनदेखि काठमाडौँको फोहोर उठ्न नसक्दा फोहोर थुप्रिएका हुन् ।

फोहोर उठ्न नसक्दा काठमाडौँ दुर्गन्धित बन्दै गएको छ । त्यस्तै फोहोरका कारण मुख छोपेर हिड्नु पर्ने बाध्यता छ ।

काठमाडौँवासीका लागि यो समस्या नयाँ भने होइन ।

केही वर्षयता मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको र मुश्किलले उठ्ने गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ ।

तर हाल निरन्तरको वर्षाका कारण सडक बिग्रिएको र फोहोरका गाडी अन्तिम विर्सजन स्थलसम्म पुग्न समस्या भएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले खबरहबलाई बताए ।

विगतमा पनि यो समस्या दोहोरिने गर्थ्यो । ८/१० दिनसम्म फोहोरका गाडी सिसडोल पुग्न नसकेको अवस्था पनि थियो । तरपनि सडक मर्मतको काम नहुँदा यस वर्षपनि उही समस्या दोहोरिएको उनले बताए ।

‘अविरल वर्षाका कारण ल्याण्डफिल साइटमा करिब २ किलोमिटर सडक बिग्रिएको छ’ उनले भने ‘जब वर्षा रोकिन्छ तब फाहोर संकलन सुचारु हुनेछ ।’

उनकाअनुसार अन्य दिन काठमाडौँबाट फोहोर बोकेर १ सय ५० वटा ट्रक सिसडोल जान्थे । तर अहिले दैनिक सयवटा मात्र गइरहेको उनले बताए ।

‘मुस्किलले दिनमा सय वटा ट्रकले फोहोर लगिरहेका छन् यो क्रममा अझै ५ देखि ७ दिनसम्म लाग्न सक्छ’ उनले भने ।

उपत्यकाको दैनिक लगभग ११ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७५ प्रतिशत फोहोर सिसडोलमै विर्सजन गर्ने गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ४ : ३२ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त