सामान्य अंकले बढ्यो नेप्से, १८ अर्ब २० करोडको कारोबार « Khabarhub

सामान्य अंकले बढ्यो नेप्से, १८ अर्ब २० करोडको कारोबार


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज शेयर बजार नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३,१६० दशमलव ३२ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हाइड्रोइलेक्टीसिटीको ६२ करोड ४० लाख, अरुण कावेली पावर कम्पनीको ६० करोड ३४ लाख, रिडी हाइड्रोपावर कम्पनीको ५५ करोड १९ लाख र अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, आँखुखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, सिइडीबि हाइड्रोपावर कम्पनी र जीवन बिकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ४ : ५७ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी