४ महिनामा ८ लाख ५६ हजारलाई मास्क वितरण « Khabarhub

४ महिनामा ८ लाख ५६ हजारलाई मास्क वितरण


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले पछिल्ला चार महिनामा आठ लाख बढी मास्क वितरण गरेको छ ।

मास्कको प्रयोग नहुँदा कोभिड–१९ सङ्क्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञबाट भनाइ सार्वजनिक भएपछि प्रहरीले गएको वैशाख ६ गतेबाट मास्क वितरण अभियान मुलुकभर नै चलाएको थियो ।

त्यसपछिको पछिल्लो चार महिनामा आठ लाख ५६ हजार ४७३ जनालाई मास्क निःशुल्करुपमा वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दोस्रो लहरको कोरोनापछि केही समय अभियान प्रभावकारी नभए पनि अहिले सङ्क्रमणमा बढोत्तरी भएसँगै प्रहरीले पुनः मास्क वितरण थालेको छ । ‘तपार्ईंको मास्क खोइ’ अभियानमार्फत प्रहरीले आज पनि २१ हजार ६५६ लाई मास्क वितरण गरेको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियान कै रुपमा सञ्चालन गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ४२० जनालाई रु ४५ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने पाँच हजार ११९ लाई सचेत गराइएको, देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको १६६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत २४ हजारलाई प्रशिक्षित गराइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ९ : १८ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने