उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिकालाई १ घण्टा हिँडाइयो « Khabarhub

उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिकालाई १ घण्टा हिँडाइयो


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरू पानी खोज्दै भौंतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरू कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनको स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरूले उनीहरूलाई ल्याएको कान्तिपुर दैनिकमा खबर छ ।

कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका विद्यार्थी पनि थिए । कतिपय विद्यार्थीले खाली खुट्टै हिँडेका थिए । कटहरिया-१ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले नगरपालिकाले विद्यालयका सबै कर्मचारी र छात्रछात्रालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएकाले विद्यार्थीलाई ल्याउनुपरेको बताए । ‘बालबालिकालाई बोलाएर न बस्ने ठाउँ दिइयो न खाजा,’ उनले भने, ‘चर्को घाममा बच्चाहरू भोकभोकै फर्किनुपरेको छ । यस्तो कार्यक्रममा बच्चाहरूलाई बोलाउनु हुँदैनथ्यो ।’ भषेडवा माविबाट कार्यक्रमस्थल झन्डै ३ किलोमिटर दूरीमा पर्छ । उपराष्ट्रपति पुन आउनुभन्दा एक घण्टाअघि विद्यार्थी कार्यक्रमस्थल पुगिसकेका थिए ।

बीआरआईप्रति सजग रहन अमेरिकी आग्रह शीर्षकको समाचारमा चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । दक्षिण तथा मध्य एसियाली मामिलाबारे कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको र परिणाम आशाजनक फेला नपरेको उल्लेख गर्दै नेपाल यसबारे सचेत हुनुपर्ने बताए ।

संसद् तताउने कांग्रेसको तयारी शीर्षकको समाचारमा कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्‌मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने जनाएको छ । त्यसका लागि आफ्ना सांसदसँग छलफल गर्न बुधबार संसदीय दलको बैठक बोलाएको छ । जागरण अभियानमार्फत सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आएको कांग्रेसले सदन तताउने तयारी गरेको हो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ७ : १० बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु