शेयर बजारमा हरियाली, ३८. २८ अंकले नेप्से बढ्दा २१ अर्ब ३१ करोड बढीको कारोबार « Khabarhub

शेयर बजारमा हरियाली, ३८. २८ अंकले नेप्से बढ्दा २१ अर्ब ३१ करोड बढीको कारोबार


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको चौथो दिन आज शेयर बजारमा हरियाली छाएको छ ।

आज शेयर बजार नेप्से परिसुचक ३८ दशमलव २८ अंकले बढेर ३,१९८ दशमलव १९ को विन्दुमा कायम भएको छ ।

आज २२८ वटा कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको ६३ करोड ४६ लाख , लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख र ज्योति विकास बैंकको ५६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, सिवम् सिमेन्ट र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै आज एसबिएल डिबेञ्चरका इकाईधनीले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ५७ बजे

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास

वाशिङ्टन- आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल