देशभर बदली,  लुम्बिनी र सुदूपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना « Khabarhub

देशभर बदली,  लुम्बिनी र सुदूपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले वाग्मती र गण्डकी प्रदेशका केही भू-भागमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि सामान्य बदली भएको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

भाद्र ०३ गते (बिहीबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०४ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०५ गते (शनिबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ७ : १० बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ– सुनवर्षी नगरपालिका-९ डाईनिया चोकस्थित सडकमा प्र.१-०२-०५७ प८४८७ नम्बरको मोटरसाइकलको

स्ट्रेट अफ होर्मुज खोल्नेबारे ओमान-ईयू वार्ता, इरानी सांसद भन्छन् : कसैको दबाबसामु हामी झुक्दैनौँ

तेहरान- ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुस्यादीले युरोपेली संघ

अवैध लागूऔषध अफिम र गाँजा बरामद

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम

बजेटले बढाउला कर्मचारीको तलब  ?

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब ४ दिन

भरूवा बन्दुकसहित एकजना पक्राउ

सर्लाही– बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरूवा बन्दुक १ थान,