अफगानिस्तानमा तालिबानद्वारा निरन्तर मानव अधिकार उल्लंघन « Khabarhub

अफगानिस्तानमा तालिबानद्वारा निरन्तर मानव अधिकार उल्लंघन


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा तालिबानी समूहले मानवअधिकार उल्लंघनका घटनालाई निरन्तरता दिएको छ ।

तालिबानी आतंकवादी समूहले निहत्था नागरिकहरुको हत्या, मस्जिदमा आक्रमण, महिला र बालबालिकालाई ढाल बनाएर आक्रमणको निरन्तरता दिइरहेको पाइएको हो ।

तालिबान लडाकूहरूले आइतबार कामबाट घर जाँदै गर्दा गजनी शहरमा दुई महिला प्रहरीलाई अपहरण गरेका थिए । उनीहरुलाई अहिले तालिबानले अज्ञात स्थानमा लगेको छ ।

अफगानिस्तानको आन्तरिक मन्त्रालयले तालिबानले यस वर्षको सुरूदेखि २४ मस्जिदहरुमा आतंकवादी हमला गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त हमलामा ३० धार्मिक गुरुहरु  मारिएका छन् भने ७० भन्दाबढी घाइते भएका छन् । यसबाहेक, तालिबानी आक्रमणमा मस्जिदहरु पनि धेरै क्षतिग्रस्त भएका छन् ।

अफगानिस्तानमा विगत केही दिनहरुमा तालिबानको कब्जामा परेको क्षेत्रहरुमा भयावह स्थिति सिर्जना भएको छ । तालिबान सेनाले सर्वसाधारण र सुरक्षाकर्मीहरुको हत्या गर्ने साथै घरहरुमा बम विष्फोट र महिलाहरुमाथि आक्रमण गरेको खबरहरु आएका छन् ।

तालिबानले नयाँ क्षेत्रहरु कब्जा गर्न आक्रमणलाई निरन्तरता दिएको जनाइएको छ ।

अमेरिकी सेनाको सहयोगमा सत्ताच्युत गराइएको तालिबानी समूहले अमेरिकी सेना फिर्तासँगै फेरि सत्ता कब्जाको प्रयासमा आक्रमणलाई तीब्र पारेको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १० : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना