दुई देशको वार्ता टोली बनाउन बेलायत सहमत भएसँगै भूपू गोर्खा सैनिकले तोडे अनसन « Khabarhub

दुई देशको वार्ता टोली बनाउन बेलायत सहमत भएसँगै भूपू गोर्खा सैनिकले तोडे अनसन


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समान पेन्सन लगायत विभिन्न माग राखी आमरण अनसनमा बसेका भूतपूर्व गोर्खा सैनिकहरुले अनसन स्थगित गरेका छन् ।

उनीहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएसँगै उनीहरुले अनसन तोडेका हुन् ।

बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि जारी भूपू गोर्खाहरुको आमरण अनसन स्थगित भएको हो ।

बेलायती रक्षामन्त्री लियो डोचर्डी र बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले जुस पिलाएर ज्ञानराज राई, पुष्पा घले र धन गुरुङको अनसन तोडाएका छन् ।

विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नहुँदा उनीहरुले आमरण अनसन गर्नुपरेको भन्दै आएका थिए ।

आजै सर्वोच्च अदालतले अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवनरक्षाका लागि पहल गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १० : २४ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको