मलेसियामा विदेशी श्रमिकमाथि धरपकड, थप २२ जना पक्राउ « Khabarhub

मलेसियामा विदेशी श्रमिकमाथि धरपकड, थप २२ जना पक्राउ



दोहा : मलेसियामा विदेशी श्रमिक माथिको धरपकडलाई तीब्र पारिएको छ ।

पछिल्लो समय मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई लक्षित गर्दै धमाधम धरपकड अभियान जारी राखेपछि दैनिक नेपालीसहित आप्रवासी कामदार पक्राउ परिरहेको छन् ।

मलेसियाले बुधबार मात्र सुरक्षा गार्डसहित थप २२ जना विदेशी श्रमिकलाई पक्राउ गरेको मलेसियाली अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागका अनुसार ३६ जनालाई अनुसन्धान गरेकोमा २२ जनाले श्रम कानुन उलंघन गरी बसेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुलाई त्यहाँको पुत्रजया, बन्दरबारू, वगी सिमोनिया, साईवरजया लगायतका ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २ महिलासहित २० पुरुष छन् । पक्राउ परेकाको राष्ट्रियता भने खुलाइएको छैन ।

पक्राउ परेकामध्ये अधिकांशले कानुन विपरीत र भिसामा उल्लेख भएभन्दा फरक कम्पनीमा काम गरेको पाइएको विभागले जनाएको छ । मलेसियाको कानुन अनुसार विदेशी कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ।

गत हप्ता मात्र अध्यागमन विभागले केही नेपालीसहित १११ विदेशी श्रमिकलाई पक्राउ गरेको थियो । मलेसियाले गैरकानुनी रुपमा बसेका कामदारलाई लक्षित गरी सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म पुर्याएको छ ।

तस्वीर : अध्यागमन विभाग मलेसिया

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ३० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै