युरोपा कन्फरेन्स लिग : टोटेनहम पहिलो लेगमा पराजित « Khabarhub

युरोपा कन्फरेन्स लिग : टोटेनहम पहिलो लेगमा पराजित


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपा कन्फरेन्स लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ ।

बिहीबार राति भएको पहिलो लेगमा टोटेनहम पोर्चुगलको पाकोस फरेरासँग १-० गोल अन्तरले पराजित भएको हो ।

पाकोसलाई जित दिलाउन लुकास सिल्भाले निर्णायक गोल गरे । उनले ४५ औं मिनेटमा गोल गरेका थिए ।

अब टोटेनहमले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।

दुई लेगको प्ले अफ्मा जित निकाल्ने टोलीले युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान बनाउने छन् ।

प्ले अफको पहिलो लेग अन्तर्गत नै रोमाले टर्किस क्लब ट्रावजोनस्पोरलाई २-१ ले हराएको छ ।

रोमालाई जित दिलाउन लोरेन्जो पेल्लिग्रिनी र एल्डोरले एक एक गोल गरे ।

ट्रावजोनस्पोरका आन्द्रेसले एक गोल फर्काए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : १४ बजे

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि