नेपाल समूहका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले नेता सभामुखको कार्यकक्षमा « Khabarhub

नेपाल समूहका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले नेता सभामुखको कार्यकक्षमा


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले नेता सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् ।

पार्टीले कारबाही गर्न सिफारिस गरेका माधवकुमार नेपाल समूहका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गर्दै सांसदहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन उनको कार्यकक्षमा पुगेका हुन् ।

बुधबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईको टोलीले १४ जना सांसदहरुलाई कारबाही गर्न माग गर्दै सभामुखलाई दबाब दिएका थिए ।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ ।

सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ । कानून बमोजिम संसद नचलेको बेला सम्बन्धित दलले निष्कासन गरेको पत्र सूचना पाटीमा टाँस्नपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ०४ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर