बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार | Khabarhub Khabarhub

बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ ।

दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले दिए पनि परिवारले शव बुझेका छैनन् । गत साउन ३१ गते राति करिब ११ बजे घरबाटै बेपत्ता भएकी रानीगञ्ज डाँडाटोलका राजेश भुजलेकी छोरीको शव गत मङ्गलबार राति कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा लालबन्दी १७ कै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

पक्राउ परेका युवाले नै युवतीको शव गाडेको स्थान देखाएका थिए । घटनाको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार लालबन्दीमा दुई घण्टा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका थिए । बिहीबार पनि करिब तीन घण्टा पीडित पक्ष र सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको थियो ।

प्रहरीले १४ वर्षीया भुजेलको उमेर १६ बताएको र दोषीलाई सार्वजनिक नगरेको भन्दै थप आक्रोसित बनेका पीडित पक्षले इलाका प्रहरी कार्यालयबाट न्याय नपाइने भन्दै आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर ज्ञापनपत्र बुझाउने जनाएका छन् ।

सांसद प्रमोद साहले पनि पीडित पक्षसँग भेट गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सो घटनाबारे जानकारी गराएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : १० बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई