विधानको नेतृत्वमा नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन « Khabarhub

विधानको नेतृत्वमा नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका म्युजिक भिडियो निर्देशकहरुलाई एकत्रित गर्दै नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन गरिएको छ । विधान कार्कीको नेतृत्वमा गठित समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी संस्थाको उद्देश्यबारे जानकारी गराएको छ ।

अध्यक्ष कार्कीले वर्षेनी अर्बौंको लगानी हुने म्युजिक भिडियो क्षेत्रमा कार्यरत निर्देशकहरु संगठित भई यो क्षेत्रलाई थप व्यवसायिक, मर्यादित र व्यवस्थित बनाउन संस्था गठन गरिएको बताए । उनले चाँडै म्युजिक भिडियोका पहिलो निर्देशक शम्भुजीत बासकोटा र पहिलो मोडल भुवन केसीलाई सम्मान गरिने जानकारी दिए ।

कार्यक्रममा समाजका महासचिव सुब्रतराज आचार्यले म्युजिक भिडियोलाई फिल्म झैं दर्ता प्रक्रियामा लैजानु पर्नेमा जोड दिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना महामारीको समयमा मनोरञ्जन क्षेत्रलाई बचाउन म्युजिक भिडियोको ठूलो योगदान रहेको बताए । म्युजिक भिडियो निर्देशक समाजसँग सहकार्य गरेर नीतिगत रुपमा नै अगाडि बढ्न वोर्ड तयार रहेको जानकारी दिए ।

समाजमा प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्वितिय उपाध्यक्ष निकेश खड्का, महासचिव सुब्रतराज आचार्य, सचिव हेमप्रभाष अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सह–कोषाध्यक्ष निशान घिमिरे तथा सदस्यहरु शान थापा, समन अधिकारी, गम्भीर बिष्ट, अनुप चापागाईं, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल र राजेश पुमा राई रहेका छन् । समाजको सल्लाहकार सदस्यमा गीतकार डब्बु क्षेत्री र निर्देशक जनकदिप पराजुली नियुक्त भएका छन् भने प्रेस सल्लाहकार जिवन पराजुली नियुक्त भएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : २५ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको