अफगानिस्तानका नेपालीलाई फिर्तीको व्यवस्था मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण « Khabarhub

अफगानिस्तानका नेपालीलाई फिर्तीको व्यवस्था मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी मानवअधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।

गृह मन्त्रालयमा आज भएको छलफलमा अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकको उद्धार र सकुशल स्वदेश फिर्ताका लागि आवश्यकताअनुसार अन्य मुलुकसँग समेत समन्वय र सहकार्य गरी प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको हो ।

यसैगरी कोभिड–१९को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न आग्रह पनि गरिएको छ ।

प्रतिनिधिमण्डलले आणविक हतियार निषेध सन्धिलगायत विभिन्न अन्तरराष्ट्रिय सन्धि शीघ्र अनुमोदन गर्न पनि आग्रह गरेको महासचिव रामकृष्ण बरालले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौँलागाई, महासचिव बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाडौँ शाखा सभापति ईश्वर पुडासैनी सहभागी भएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ४५ बजे

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल