टाटा बी एस ६ कारको लागि भदौ ७ गते देखि ११ गते सम्म केयर क्याम्प « Khabarhub

टाटा बी एस ६ कारको लागि भदौ ७ गते देखि ११ गते सम्म केयर क्याम्प


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङले टाटाको बी एस ६ कारहरु सम्बन्धित सम्पूर्ण जाँच गर्ने टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ। टाटा केयर क्याम्प सिप्रदीको काठमाडौंस्थित सोल्टीमोड र बागडोल आधिकारिक वर्कशपमा यही भदौ ७ गते देखि भदौ ११ गतेसम्म क्याम्प सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।

सिप्रदी टेडिङ ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बी एस ६ गाडीहरुमा नयाँ प्रविधीको प्रयोग भएकोले यी गाडीहरुलाई अरु गाडीहरु भन्दा भिन्दै टेक्नोलोजी प्रयोग गरी सर्भिस गर्नुपर्ने हुन्छ।

त्यसैले टाटाको बि एस ६ गाडीको ग्राहकहरुलाई ध्यानमा राखेर सर्भिसिङमा सहजीकरण गर्न क्याम्प आयोजना गरिएको भण्डारीले जानकारी दिए। साथै उनले यो क्याम्प बी एस ६ गाडीका ग्राहकहरुलाई लागि निकै फलदायी हुने भएकाले क्याम्पमा सहभागी हुन आग्रह गरेका छन्।

यस टाटा केयर क्याम्प अन्तर्गत टाटा बी एस ६ कारहरुको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ। लेवर चार्जमा ५० प्रतिशत छुट, फ्री टप वाशिङ, स्पेयर पार्ट्समा १५ प्रतिशत छुट, म्याक लुब्रीकेन्ट्समा १५ प्रतिशत छुट र जेनुइन सामानहरुमा १५ प्रतिशत छुट यस केयर क्याम्पको प्रमुख विशेषता छन्।

निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १० : ३२ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा