बच्चालाई फकाउन ज्यान गुमाइसकेकी आमाको काखमा राखिएको हृदयविदारक तस्वीर « Khabarhub

बच्चालाई फकाउन ज्यान गुमाइसकेकी आमाको काखमा राखिएको हृदयविदारक तस्वीर


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जाल सानातिना घटनालाई बाहिर ल्याउने सशक्त माध्यम बनेको छ । यही सञ्जालमा रिस, आवेग, आक्रोश हुन्छन् । अनि समवेदना पनि । सामाजिक सञ्जालका तस्वीरले कहिले पुलकित बनाउँछ । कहिले भावविह्वल ।

यस्तै तस्वीर अहिले सामाजिक सञ्जालमा निक्कै चर्चामा छ । जहाँ एक बच्चालाई आमाको काखमा राखिएको छ । त्यो पनि बच्चालाई भुलाउन देह त्याग गरेकी आमाको काखमा ।

यसो सुन्दा काल्पनिक झै लाग्ने यो तस्वीर रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटालाको हो । उनको काखमा भएको बालक उनकै छोरा ३२ महिने किरण बटलाको हो ।

उनीहरु बिहीबार बेलुका साढे ५ बजे राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर नेपालगञ्ज हिँडेका थिए । बिरामी छोराको उपचार गर्न । आफ्ना श्रीमानले उपचार गर्न बोलाएपछि नाबालक छोरालाई काखी च्यापेर उनी बस चढेकी थिइन ।

छोराको उपचार गर्न नेपालगञ्ज जाने तयारी गरेकी उनले घर धन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन । उनले आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिन आफन्त र छरछिमेकलाई अनुरोध गरेको बताएकी थिइन दलबहादुरलाई । तर अब कहिल्यै नआउने गरी उनी बिदा भइन् ।

मुटुको बिरामी उनमा प्रेसर हाइ र लो हुने समस्या पनि थियो। सायद यही समस्याले यात्राकै क्रममा उनले दम तोडिन ।

अहिले श्रीमान दलबहादुर भावविह्वल छन् । ३२ महिने छोराले आमा पुकारिरहेको छ ।

यात्राकै क्रममा धर्माकुमारीको मृत्यु पछि किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको छ।

यो तस्बिर बसमा यात्रारत कुनै यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेपछि त्यसलाई सयौं फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेका छन्।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १२ : ५० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा