साफ च्याम्पियनशिप फुटबलको तालिका परिवर्तन | Khabarhub Khabarhub

साफ च्याम्पियनशिप फुटबलको तालिका परिवर्तन


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो । संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज १५ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

नेपालले असोज १५ गते आयोजक देश माल्दिभ्ससँग उद्घाटन खेल खेल्नेछ । यस्तै श्रीलंकासँग असोज १८ गते, भारतसँग २४ गते र बंगलादेशसँग असोज २७ गते खेल्नेछ ।

प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । पाँच टोलीमध्ये शीर्ष दुईमा रहने टोलीले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ४ : २० बजे

‘हरिबहादुर’ अब ठूलो पर्दामा 

काठमाडौं– नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान

अझै कायम छ ‘कटुवाल प्रथा’

लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक