अपार्टमेन्टभित्र हुने अवैध गतिविधि नियन्त्रण गर्दै प्रहरी « Khabarhub

अपार्टमेन्टभित्र हुने अवैध गतिविधि नियन्त्रण गर्दै प्रहरी


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– पुल्चोकस्थित एक अपार्टमेन्टबाट यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले त्यस भवनबाट यौनधन्दा सञ्चालन भइरहेको सूचनापछि छापा मारेको थियो ।

प्रहरीका अनुसार केही व्यक्तिले भवन भाडामा लिई केही युवतीहरुलाई त्यहीँ राखेर लामो समयदेखि यौन व्यवसाय सञ्चालन गर्दै आएका थिए । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार भवनका चारवटा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको भेटिएको छ । कोठाबाट यौन सम्पर्कको लागि आएका ग्राहकहरुको ठेगानासहितको लेजरबुक पनि फेला परेको छ ।

प्रहरी परिसरले झापाका राजेश अग्रवाल, रुकुमकी ललिता विक, बर्दियाका सुनील विष्ट, मकवानपुरकी गीता खड्गी, बालाजुकी क्रिष्टिना केसी, सिन्धुपाल्चोककी निर्मला न्यौपाने र पनौतीका प्रतिक कर्माचार्यलाई हिरासत राखेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : ४५ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र