मेस्सीबिनाको बार्सिलोना एथ्लेटिकसँग बराबरीमा रोकियो | Khabarhub Khabarhub

मेस्सीबिनाको बार्सिलोना एथ्लेटिकसँग बराबरीमा रोकियो


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्ना स्टार खेलाडी लियोनल मेस्सीलाई बिदा गरेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ ।

शनिबार भएको खेलमा बार्सा र एथ्लेटिकले १-१ गोलको बराबरी खेले ।

बिल्बाओको मैदानमा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो ।

५०औँ मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । ७५औँ मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बिल्बाओ २ खेलमा २ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : ४० बजे

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता

कञ्चनपुर– बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको

ओली सरकार : एक कदम अगाडि, दुई कदम पछाडि

काठमाडौं– सरकारले साउन २० गते देशभरका सवारी साधनहरूमा इम्बोस्ड नम्बर

पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी